चितवन, मंसिर २९
जिल्लामा बाल यौन दुव्यर्वहारका घटना बढ्दाे रहेकाे छ । चालु आर्थिक वर्षमा जिल्लामा बाल यौन दुव्यवहारका घटना ३४ वटा भएका छन् । जस मध्ये २ जना बालक र ३२ जना बालिका प्रभावित भएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आयोजना गरेको नेपाल मानब अधिकार बर्ष पुस्तक २०२३ को बार्षिक पूर्ब समिक्षा कार्यक्रममा सो तथ्याङ्क सार्बजनिक गरिएको हो । सार्बजनिक गरिएको तथ्याङ्क अनुसार जिल्लामा सन् २०२३ मा ११४ बटा मानब अधिकार उल्घंनका घटना भएका छन् । इन्सेक चितवनका प्रतिनिधि दिपेन्द्र अधिकारीका अनुसार जिल्लामा यस वर्ष जवरजस्ति करणीका घटना ४३ वटा, जबरजस्ति करणीको प्रयासका घटना ३ वटा, हत्या ६ जनाको, बहुबिबाह १३ वटा, आत्महत्या दुरुत्साहनका आठ वटा निबेदन परेका छन् । यस्तै मानब बेचबिखामा ३ वटा, अपहरणका, जातीय भेदभाव, बाल बिबाहका १÷१ निवेदन परेको उहाँले जानकारी दिनुभयो ।
जिल्लामा गत वर्ष सन् २०२२ मा १६१ वटा घटना भएका थिए । सो वर्ष जवरजस्ति करणीका ६६ वटा मुद्धा दर्ता भएका थिए । यस्तै जवरजस्ति करणीको प्रयासकाका १६ वटा, हत्याका ४ वटा, वाल यौन दुव्यवहारका २४ वटा बहुबिबाहका २९ वटा, आत्महत्या दुरुत्साहनका ९ वटा, मानब बेचबिखनका ५ वटा, अपहरणका २ वटा मुद्धा दर्ता भएका थिए । गत वर्ष निवेदन नपरेको जातीय भेदभाव र बालबिबाहका निवेदन यस वर्ष परेको अधिकारीले बताउनुभयो ।
समिक्षा कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता प्रहरी नायव उपरिक्षक बिजयराज पण्डीतले परिवन्धमा परेर धेरै मानिसहरु अपराधिक कृयाकलापमा लाग्ने गरेको बताउनुभयो ।





