१२ पुष २०८०, बिहीबार ०९:२५
चितवन, पुस १२
चितवनको सौराहामा आयोजना गरिएको १७औँ चितवन हात्ती तथा पर्यटन महोत्सवअन्तर्गत हिजो गरिएको हात्ती सुन्दरी प्रतियोगितामा सेल्फीकलीले उपाधि जितेकी छिन्।
छ वटा हात्तीलाई पछि पार्दै १७ वर्षीया सेल्फीकलीले ताज पहिरिएकी हुन्। यसपाली सुन्दरीमा ७ हात्तीलाई सहभागी गराइएको थियो ।
हात्ती महोत्सवको हिजो दोस्रो दिन सुन्दरी प्रतियोगिता भएको हो। आज राप्ती नदीमा डुङ्गा दौड, शुक्रवार हात्तीको वनभोज र शनिवार समापन कार्यक्रम हुने छ।





