चितवन, पुस १२
होटल व्यवसायी संघ चितवनको आयोजनामा शनिबारदेखि पाँचदिने रैथाने फुड फेस्टिबल तथा विविध साँस्कृतिक कार्यक्रम हुने भएको छ । नारायणगढको क्याम्पाचौरमा आयोजना हुन लागेको कार्यक्रमबारे आज बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो ।
फुड फेस्टिबलको उद्घाटन भरतपुर महानगरका उपमेयर चित्रसेन अधिकारीबाट हुने मूल संयोजक लोकनाथ भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार पुस १५ स्वप्न सुमन र १६ गते द स्याडोज् ब्याण्डको प्रस्तुति रहने छ । ती दुई दिन ३ सय रूपैयाँको टिकट काट्नु पर्ने उहाँले जानकारी दिनुभयो । अन्य दिन प्रवेश निशुल्क रहेको भट्टले बताउनु भयो ।
फेस्टिबलमा ५० हजार जनाको सहभागिता रहने र ५ करोड रूपैयाँको कारोबार हुने आयोजकको अनुमान छ ।
चितवन जिल्लाको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत समग्र आर्थिक, सामाजिक र सांस्कृतिक विकासका साथसाथै रैथाने खानेकुराको संरक्षण, पर्यटन तथा होटल व्यवसायको प्रबर्द्धनमा टेवा पुयाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको बताईएको छ ।





