१३ पुष २०८०, शुक्रबार ०८:४४
काठमाडौं, पुस १३
विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार छैटौँ खेल जित्दै क्वालिफायरमा पुगेको छ।
त्रिवि क्रिकेट मैदानमा बिहीवार भएको खेलमा एपीएफले गण्डकी प्रदेशलाई ५२ रनले पराजित गर्यो।
जितसँगै ६ खेलबाट १२ अंकसहित शीर्ष स्थानमा रहेको एपीएफले पहिलो क्वालिफायर खेल्ने सुनिश्चित गरेको छ।





