चितवन २९ असोज
समझदारी भोजाड सहकारी सँस्थाले १५ औँ साधारण सभा सम्पन्न गरेको छ। साविकका आविश्कार बचत, समझदारी बचत र भोजाड बचतबिच एकिकरण भई २०७६ मंसिर २१ सालमा समझदारी भोजाड बचत तथा ऋण सहकारी सस्था बनेको यो सहकारीले शनिवार १५ औ साधारण सभा गरेको हो। भरतपुर ११ मा मुख्य कार्यालय रहेको यो सहकारीले भरतपुरकै ११ बसेनीमा पनि अर्को सेवाकेन्द्र स्थापना गरी आफ्नो सेवा प्रदान गर्दै आएको छ।

कुल ३५ सय ७५ शेयर जना सदस्य रहेको यो सहकारीको ४३ करोड ४२ लाख कुल सम्पति पुगेको छ। जसमध्ये कुल ३४ करोड ८२ लाख बढी रकम ऋण लगानी गरीएको छ। भने २ करोड १६ लाख बढी रकम जगेडा सुरक्षीत राखिएको बताएको छ । शनिबार भरतपुर महानगरपालिका ११ का वडाध्यक्ष कमलबहादुर मल्लको प्रमुख आतिथ्यतामा भरतपुर ११ भोजाडस्थीत निर्भाना पार्टि प्यालेसमा साधारण सभा सम्पन्न गरेको हो ।
सहकारीका अध्यक्ष युवराज पौडेलको अध्यक्षता रहेको साधारण सभामा सहकारीका कोषाध्यक्ष जयश्वर पोखरेलले आय व्यय प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सहकारीका उपाध्यक्ष खेमलाल सुवेदीले स्वागत मन्तव्य तथा सचिव नगेन्द्रराज रेग्मीको सहजीकरणमा साधारण सभा सम्पन्न भएको थियो ।

साधारण सभामा बोल्दै प्रमुख अतिथी वडाध्यक्ष मल्लले सहकारीलाई आवश्यक जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताउनु भएको छ । साथै उहाँले सहकारीले आम सेवाग्राहीलाई सहज ऋण उपलब्ध गराई आत्मनिर्भर बन्न प्रेरित गरेको भन्दै सहकारीको योगदानको खुलेर प्रशंसा गर्दै सहकारी र कार्यसमितीलाई धन्यवाद समेत ज्ञापन गर्नुभयो ।





