२१ पुष २०८०, शनिबार ०७:३४
काठमाडौं, पुस २१
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्दैछ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
मुख्यरूपमा राष्ट्रियसभा सदस्य निर्वाचनका विषयमा छलफल गर्न बैठक बस्न लागेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
यस्तै समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने उहाँले बताउनुभयो । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरुलाई उपस्थित हुन भनिएको छ।





