चितवन, पुस २२
श्री चमेली देवी पिया माध्यमिक विद्यालय भरतपुर -३ को ३५ औं वार्षिक उत्सव एबं अभिभावक दिवस हिजो शनिबार सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एक प्रसाद लामिछानेको अध्यक्षता एबं भरतपुर महानगर पालिका वार्ड न ३ का अध्यक्ष विकास थापाको प्रमुख आतिथ्यता मा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अथिति थापाले विद्यालयको शैक्षिक गुर्णस्तरको विकास गर्न स्थानिय सरकारको तर्फ बाट अभिभावकत्व सहित काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो। निजी विद्यालयको प्रतिस्पर्धा, अभिभावकको दृष्टिकोण , रोजाइ, विद्यार्थी संख्या लगायत कारणले सामुदायिक विद्यालय सञ्चालनमा चुनौती रहेको बताउनु भयो।”वडा विद्यालयलाई लगानी गर्न तयार छ तर विद्यालय ब्यबस्थापन समिति र बिधालय प्रशासनले योजना ल्याऊनू पर्ने बताउँदै सबैको साथ र सहयोग रहेमा चितवन जिल्लाकै नमुना विद्यालय बन्ने उहाँ भनाई थियो।
कार्यकममा विद्यालयका प्रधानाध्यापक प्रदीप काफ्लेले प्रगति विवरण सहित भावी योजना प्रस्तुत गर्दै विद्यालयको भौतिक, शैक्षिक विकासका लागि सहयोग गर्न अनुरोध गर्नुभयो ।
सोही अवसरमा मा विद्यालयलाई सहयोग गर्ने दाता, पूर्व सञ्चालक, विद्यार्थी, शिक्षकलाई सम्मान गरिएको थियो । विद्यार्थीहरुले विभिन्न कला संस्कृति झल्किने नृत्य, कला प्रस्तुत गरेका थिए।
कार्यक्रममा विद्यालयका संस्थापक जग्गा दाता उदय कुमार पिया ,भरतपुर महानगर पालिका शैक्षिक परामर्श महाशाखा प्रमुख ऋषि राम शर्मा, पूर्व वार्ड अध्यक्ष रामहरि श्रेष्ठ,व्यवस्थापन समितिका पूर्व अध्यक्ष भानुभक्त शर्मा,रामनाथ गौतम, निवर्तमान अध्यक्ष चन्द्रमान श्रेष्ठ, समाजसेवी एबं सहयोगी दाता डा.मदन पिया छिमेकी ,विद्यालय बालकुमारी कन्या माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्ब कुमार श्रेष्ठ, शिक्षक अभिभावक संघका निवर्तमान अध्यक्ष तोयानाथ चालिसे,अध्यक्ष रामकृष्ण अर्याल लगायतको उपस्थिति रहेको थियो।
वि सं २०४५ सालमा स्थापना भएको स्थापना भएको सो विद्यालय भरतपुर महानगर पालिका वार्ड न ३ को एक मात्र सामुदायिक विद्यालय हो भने हाल सो विद्यालयमा ४८५ विद्यार्थी अध्ययनरत छन।






