२४ पुष २०८०, मंगलवार ०९:१९
काठमाडौं, पुस २४
देशका केही भू–भागमा आज हिमपातको सम्भावना रहेको छ। उच्च पहाड र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो।
बिहान कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ। तराईका अधिकांश भू–भागमा हुस्सु र कुहिरो लागेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम र कोसी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।
विभागले राति लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ।





