१ माघ २०८०, सोमबार ०८:४८
चितवन, माघ १
चितवन माविको ७० औ वार्षिकोत्सब एवं अभिभावक दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा ३१ जनाले रक्तदान गरेका छन ।
यस्तै वार्षिकोत्सबकै अवसरमा अन्तर मा वि जिल्ला स्तरिय चितवन मा वि रनिङग सिल्ड हाजिरीजवाफ प्रतियोगिता पनि भएको छ । जसमा १९ विधालयको सहभागिता रहेको थियो । जस मध्ये ईन्टरनेसनल आ मा वि पर्सा प्रथम, एकता शिशु निकेतन द्वितिय र स्काईराईडर आ मा वि रत्ननगरले तृतिय स्थान हात पार्न सफल भएका छन ।
विधालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रम संचालन कार्यक्रम संयोजक एवं रेडक्रश शिक्षक नायक दुर्गा कुमारी लामिछानेले गर्नु भएको थियो ।





