चितवन, माघ ४
अटिजम केयर चितवन सोसाइटीको आयोजना र ह्याण्डिक्याप इन्टरनेशलको सहयोगमा संचालन हुँदै आएको समावेशी शिक्षा सम्बन्धि राष्ट्रिय कार्यशाला आजदेखि भरतपुरमा सुरु भएको छ ।
कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिकाका उप मेयर चित्रसेन अधिकारीले अपाङ्गता भएका व्यक्तिहरुका लागि स्थानीय निकायले नैसर्गिक अधिकारको सुनिश्चितता गरिरहेको बताउनुभयो ।
भोलिसम्म संचालन हुने सो कार्यक्रममा ७ वटै प्रदेशका अपाङ्गता भएका व्यक्तिहरुको संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको ह्याण्डिक्याप इन्टरनेशलका कार्यक्रम सुपरिबेक्षक रमेश बरालले बताउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले अपाङ्गता भएका व्यक्तिहरुको राज्यले अधिकार प्रत्याभूति गर्न नसकेको गुनासो गर्नुभएको हो । एन्जियोले भन्दापनि राज्यले अपाङ्गता भएका व्यक्तिहरुका लागि अधिकार कार्यान्वयन र सुनिश्चितता गराउने सवालमा जिम्मेवारी बहन गर्नुपर्ने धारणा राख्नुभएको थियो ।





