८ माघ २०८०, सोमबार ०९:१९
चितवन, माघ ८
भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानको आयोजनामा जनकवि केशरी धर्मराज थापाको नौसिन्दाको जागिर निबन्ध सङ्ग्रह लोकार्पण तथा अन्तरक्रिया सम्पन्न भएको छ । गत शनिबार महानगरको सभाहलमा आयोजित कार्यक्रम प्रतिष्ठानका उपकुलपति इन्द्रप्रसाद रेग्मीको अध्यक्ष्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रा.डा. जीवन अधिकारीले विचार पत्र प्रस्तुत गर्नु भएको थियोे । विचारपत्रमाथि समीक्षक उदय अधिकारीले टिप्पणी गर्नुभएको थियोे । प्रज्ञाप्रतिष्ठानका परिषद सदस्यहरू केदारनाथ खनाल, प्रकाश चापागाईं, विष्णुदेवी तिवारी उषा, सदस्य सचिव बालकृष्ण थपलियाले थापाका विविध आयाम र थापासितका संस्मरणहरू सुनाउनु भएको थियो ।

कार्यक्रममा कविहरू विदुरचन्द्र अधिकारी र श्यामबहादुर भाबुकले थापाको व्यक्तित्व झल्कने कविता वाचन गर्नुभएको थियोे ।





