११ माघ २०८०, बिहीबार ०९:४१
काठमाडौं, माघ ११
नेपाल दक्षिण अफ्रिकामा जारी आइसिसी यु–१९ विश्वकप क्रिकेटको दोस्रो खेलमा पाकिस्तानसँग पाँच विकेटले पराजित भएको छ ।
इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा जितका लागि एक सय ९८ रनको मध्यम लक्ष्य पछ्याएको पाकिस्तानले ४७.४ ओभरका पाँच विकेटको क्षतिमा २०५ रन जोड्दै लक्ष्य पूरा गरेको थियो ।





