१२ माघ २०८०, शुक्रबार ११:३१
काठमाडौं, माघ १२
नेपाली कांग्रेसले आज ७८ औँ स्थापना दिवस मनाउँदैछ । २००३ साल माघ १२ गते नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको थियो । यस दिनलाई आधार मान्दै नेपाली कांग्रेसले हरेक वर्ष यो मितिमा स्थापना दिवस मनाउँदै आएको हो ।
स्थापना दिवसको अवसरमा केन्द्रिय कार्यालयसहित सातै प्रदेश तथा जिल्लाहरूमा समेत विभिन्न कार्यक्रमको आयोजना गरिँदैछ । आज दिउँसो २ बजे कांग्रेसको केन्द्रीय कार्यालयमा सभापति शेरबहादुर देउवाको उपस्थितिमा श्रद्धा, सङ्कल्प र सम्मान कार्यक्रम हुने भएको छ ।





