१९ माघ २०८०, शुक्रबार ०८:३१
काठमाडौं, माघ १९
देशको पहाडी भूभागमा अहिले आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागिरहेको छ ।
दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भेगका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानका साथै बाँकी उच्च पहाडी तथा हिमाली भेगका केहीस्थानमा हल्का हिमपातको सम्भावना छ।
राति कोशी प्रदेशको पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ। महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।





