२२ माघ २०८०, सोमबार ०८:३८
काठमाडौं, माघ २२
संघीय संसद्को हिउँदे अधिवेशन आज शुरू हुँदै छ। संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज अपराह्न ४ बजे बोलाइएको छ।
संसद् सचिवालयले दुवै बैठकका लागि प्राविधिक तथा भौतिक पूर्वाधार व्यवस्थापनको तयारी पूरा भएको जनाएको छ। सचिवालयले यस पटकदेखि कानुन निर्माणका हिसाबले प्रभावकारी र चुस्त बनाउन पाक्षिक रुपमा क्यालेन्डर बनाएर अधिवेशन सञ्चालन गर्ने तयारी गरेको छ। हरेक १५–१५ दिनमा कार्यतालिका बनाउने र त्यसका आधारमा बैठक सञ्चालन हुने संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिर्नुभएको छ ।





