२४ माघ २०८०, बुधबार ०७:५१
काठमाडौं, माघ २४
संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछन्।
संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक विहान ११ बजे बस्नेछ। राष्ट्रिय सभाको बैठक बिहान ११ बजेर १ मिनेटमा बस्नेछ।
आजको प्रतिनिधि सभामा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यतालिका छ।





