२७ माघ २०८०, शनिबार ०७:५४
काठमाडौं, माघ २७
पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका पहाडी भूभागमा अहिले आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ।
विभागका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ।





