चितवन, माघ २८
चितवन भरतपुर ११ प्रगतिपथ टोल स्थित लोटस एकेडेमी (वोडिङ्ग स्कूल) को आयोजनामा बालबालिकाको मानसिक स्वाथ्यमा अभिभावकको भूमिका विषयमा एकदिने अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । मनोचिकित्सा नर्सिङ र स्वास्थ्य अनुसन्धान समाज भरतपुर १२ को सहयोगमा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै प्रदेशसभा सदस्य इश्वर सापकोटा ( सुमन ) ले मनोरोगबाट बच्नको लागि परिवार र समाज मुलत अनुशासित हुनुपर्ने बताउनुभयो । उहाँले अशिक्षा र अचेतनाका कारण मानसिक समस्या बढ्दै गएको हुँदा समुदायस्तरबाट नै जनचेतना जगाउनुपर्ने तर्क गर्नुभयो ।
कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले बालबालिकाको मानसिक स्वास्थ्यसंग सम्बन्धित विषयमा गम्भीरता पुर्वक हेर्नुपर्ने तर्क गरेका थिए । आजको युगमा समेत अशिक्षाका कारण चेतनाकोस्तर माथी उठ्न नसकेको भन्दै भबिस्यका कर्णदार युवाहरुलाई आजैदेखि सत्मार्गमा हिडाउन प्रेरित गर्नुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा मनोसामाजिक विषयमा मानसिक परामर्शकर्ता सर्मिला रेग्मी, मन्जु पोख्रेल र संगिता आचार्य शर्माले मनोबल उच्च बनाउने र डिप्रेशनबाट बच्ने उपायका बारेमा प्रशिक्षण दिनुभएको हो ।
कार्यक्रममा लोटस एकेडेमीका अध्यक्ष प्रकाश अधिकारीले कार्यक्रम सम्पन्न बनाउन सहयोग गरिदिनु हुने सबैलाई धन्यवाद दिनुभएको हो भने शिक्षक, अभिभावक विभिन्न टोलसुधार समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।







