चितवन, माघ २८
चितवनको भरतपुर ९ शरदपुरमा नेपाल क्षयरोग निवारण संस्था चितवन शाखाको ४१ औ साधारण सभा हिजो (शनिवार) सम्पन्न भएको छ । कार्यक्रम संस्थाका सभापति दामोदर न्यौपानेको सभापतित्वमा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै भरतपुर वडा नं. १ का वडाध्यक्ष केशव महर्जनले पहिलेको अनुपातमा अहिले क्षयरोगका बिरामी कम हुँदै गएको बताउनुभयो । अत्यधिक धूम्रपान र मदिरा जन्य पदार्थ र धुलो धुवाँ जस्ता प्रदुषणका कारण उत्पन्न हुने क्षयरोग समाजमा चेतना जगाउन सकेमा पुरै नियन्त्रण हुन सक्ने बिचार राख्नुभयो ।
त्यस्तै कार्यक्रममा बोल्ने अन्य व्यक्तिहरुले आजको युगमा खानपानमा ध्यान दिनुपर्ने र स्वस्थकर जीवन शैली अपनाउनुपर्ने धारणा राखेका थिए । कार्यक्रममा विभिन्न स्वास्थ्यसंग सरोकार राख्ने निकायका प्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधि र सामाजिक व्यक्तित्वहरुको सहभागीता रहेको थियो ।






