३ फाल्गुन २०८०, बिहीबार २२:४२
काठमाडौं, फागुन ३
नेपाल आयल निगमले आज (बिहीवार) रातिदेखि लागू हुनेगरि इन्धनको मूल्य बढाएको छ। निगमले आज (बिहीवार) एक विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको जानकारी दिएको हो।
निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ‚ डिजेलमा प्रतिलिटर २ रुपैयाँ र मट्टीतेलमा पनि प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको छ।
निगमले खाना पकाउने (एलपी) ग्यास र हवाई इन्धनको मूल्य भने बढाएको छैन।
निगमले इन्डियन आयल कर्पोरेसनबाट आज मूल्य बढेर आएपछि नेपाली बजारमा पनि बढाइएको जनाएको छ ।





