चितवन, फागुन ५
स्वस्तिक नेपाल भरतपुरको १८ औं स्थापना दिवस एबं बार्षिक साधारण सभा गत बिहीबार भरतपुरमा सम्पन्न भएको छ। संस्थापक अध्यक्ष हिरामान महर्जनको प्रमुख आतिथयता एबं अध्यक्ष नारायण कँडेल को अध्यक्षतामा मा सम्पन्न भएको हो।
स्थापना दिवसको अवसरमा सदस्यहरु बिच शुभ कामना आदानप्रदान गर्दै कार्यक्रमा संस्थाको दीर्घकालीन योजना सहित स्थापित शैक्षिक छात्रवृत्ति अक्षय कोष स्थापना गर्ने सहयोगी, विभिन्न कार्यक्रम संयोजन गर्ने संयोजक, संस्थापक लाई सम्मान गरिएको थियो । कार्यक्रम संस्थापक सदस्य अर्जुन अधिकारीको संयोजत्वमामा सम्पन्न भएको हो।
वि. स. २०६३ सालमा चितवनका युवा व्यवसायी, उद्यमी, समाजसेवीहरु को सक्रियतामा शिक्षा र स्वास्थ्यमा विभिन्न अभियान सञ्चालन गर्ने उद्येश्य ले स्थापित सो संस्थाले विभिन्न क्षेत्रमा तालीम, गोष्ठी, सचेतना, स्वास्थ्य शिविर लगायत अभियान हरु सञ्चालन गर्दै आएको छ।





