५ फाल्गुन २०८०, शनिबार १९:१३
चितवन, फागुन ५
राप्रपाका वरिष्ठ केन्द्रिय उपाध्यक्ष एवं चितवन क्षेत्र नं. ३ का सांसद तथा पूर्वमन्त्री बिक्रम पाण्डेले शान्तिका अग्रदुत गौतम बुद्धको मार्गदर्शनको सबैले अनुसरण गर्नुपर्ने बताउनुभएको छ ।
भरतपुर ९ शरदपुरमा रहेको पञ्चशील महाबौद्ध गुम्बा व्यवस्थापन समितिले आयोजना गरेको कंग्युर (त्रिपिटक) पाठ वाचन एवम् धर्म प्रवचन उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै पूर्वमन्त्री पाण्डेले यस्तो बताउनुभएको हो । उहाँले बुद्धको संदेश विभिन्न छिमेकी मुलुकहरुमा समेत प्रवाह भएको हुँदा बिश्व जगतमा शान्ति छाउने बिश्वास व्यक्त गर्नुभयो ।
नेपाल चार जात छत्तीस बर्णको फुलबारी भएको उल्लेख गर्दै पूर्वमन्त्री पाण्डेले भगवान् गौतम बुद्धका सन्देशले देशमा धार्मिक एकता सहिष्णुता, भातृत्व र सद्भाव कायम गराउन सकोस् भन्ने शुभकामना समेत व्यक्त गर्नुभयो ।





