१० फाल्गुन २०८०, बिहीबार ०७:४९
काठमाडौं, फागुन १०
नेपाली काँग्रेसको महासमिति बैठक आज समापन हुँदैछ । ललितपुरको गोदावरीमा जारी महासमितिको बैठक छलफलबाट आएका सुझाव प्रस्तुतिपछि समापन हुन लागेको हो । बुधबार पाँच वटा प्रतिवेदनमा समूहगत रूपमा छलफल भएको थियो ।
महासमिति बैठकको अन्तिम दिन बिहीबार बिहान समूहगत छलफलबाट प्राप्त भएका सुझाव पार्टीका प्रदेश सभापतिहरूले पदाधिकारीसहितको उपस्थितिमा हुने बैठकमा प्रस्तुत गरेपछि दिउँसो समापन समारोह हुने जनाइएको छ ।





