१२ फाल्गुन २०८०, शनिबार ०७:४४
काठमाडौँ, फागुन १२
नेपाली बजारमा हिजो शुक्रबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ घटेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार हिजो शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १८ हजार रुपैयाँ कायम रहेको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १७ हजार ४५० रुपैयाँ कायम छ ।
यसअघि बिहीबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो । यता, हिजो चाँदीको भाउ भने प्रतितोला ५ रूपैयाँले घटेर १३ सय ९५ रुपैयाँमा खरिदबिक्री भइरहेको थियो ।





