चितवन, फागुन १३
नेपाल ल्युब आयल लिमिटेड (गल्फ)ले चितवनमा खुद्रा विक्रेता (रिटेलर) र प्राइभेट ग्यारेज मेकानिक्स बीच भेटघाट तथा अन्तरक्रिया गरेको छ । गल्फ लुब्रिकेन्ट्सको नयाँ उत्पादन, स्किम र भावी योजनाको बारेमा विक्रेता र मेकानिक्ससँग अन्तरक्रिया गरिएको हो ।
नेपाल ल्युब आयलको आधिकारीक डिलर आशिर्वाद अटो ट्रेडिङका सञ्चालक एवम् नाडा बागमती प्रदेश प्रमुख सुवास कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा चितवन अटोमोबाइल एशोसियसनका अध्यक्ष कुल बहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरीएको हो ।
नेपाल ल्युब आयल लिमिटेडका डिजिएम दिवाकर मिश्रले बजारको मागको विषयमा खुद्रा विक्रेता र मेकानिक्स मार्फत जानकारी लिइने र सोहि अनुसार कम्पनीले कार्य योजना बनाउने बताउनुभएको छ ।
चितवनमा गल्फ इन्जिन आयलको बजार राम्रो रहेको उहाँले बताउनुभयो । ‘चितवनमा हाम्रो दुई पांग्रे गाडीमा हाल्ने इन्जिन आयलको बजार धेरै राम्रो छ । दुई पांग्रेको हकमा हाम्रा नौ प्रकारका उत्पादन छन् । सय सिसि देखि २५० भन्दा बढी सिसि सम्मका मोटरसाइकलमा प्रयोग हुने उत्पादन छन् । यहाँका ग्राहक र मेकानिक्सहरु सन्तुष्ट हुनुहुन्छ’, उहाँले भन्नुभयो । नेपाल ल्युब आयलले सबै प्रकारका लुब्रिकेन्ट्स उपलब्ध गराउँदै आएका उहाँले बताउनुभयो ।
कार्यक्रममा चितवन अटो मोबाईल एसोसिएसनका निवर्तमान अध्यक्ष कृष्ण काफ्ले, चितवन अटो मोबाईल एसोसिएसनका पुर्व अध्यक्ष कृष्ण प्रसाद भण्डारी एवं चितवन अटो मेकानिकल ब्यवसायी संघका अध्यक्ष राम बहादुर तिमिल्सिना लगायतका बक्ताहरुले बोल्नुभएको हो भने गल्फ लुब्रीकेन्ट च्यानल सेल्सका एसिष्टेन्ट म्यानेजर राजन रावलले कार्यक्रम संचालन गर्नुभएको थियो ।

कार्यक्रममा धेरै लुब्रिकेन्ट्स बिक्री गर्ने उत्कृष्ट रिटेलर एवं मेकानिकहरुलाइ हौसला स्वरुप सम्मान समेत गरिएको थियो ।
नेपालमा २०४२ सालमा यो कम्पनी भित्रिएको हो । यस कम्पनीका उत्पादनको मूल्य अन्तर्राष्ट्रिय उत्पादनहरु सरह राखिएको जनाईएको छ ।





