चितवन, फागुन १३
चितवनको भरतपुरमा स्रोत शिक्षक तथा घरमा आधारित शिक्षा सहजकर्ताहरुलाई पाठ्यक्रम अनुकुलन सम्बन्धि दुईदिने तालिम प्रदान गरि कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय बहिरा महासंघ नेपालद्वारा समावेशी शिक्षा परियोजना अन्तरगत हिजो र आज तालिम प्रदान गरि कार्यक्रम सम्पन्न भएको हो ।
महासंघका निवर्तमान अध्यक्ष केपी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कालिका नगरपालिकाका शिक्षा शाखा प्रमुख गंगाधर रिमालको प्रमुख आतिथ्यता रहेको हो ।
कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष अधिकारीले अझैपनि राज्यले अपाङ्गता भएका विद्यार्थीहरुका लागि काम गर्न नसकेको बताउनुभयो । समाजमा अशिक्षा र अचेतना भएको तर्क गर्दै सचेतनाका कार्यक्रम अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्नुहुँदै रिमालले तालिममा सिकेका कुराहरूलाई व्यबहारमा उतार्दै विद्यार्थीको सैद्धान्तिक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । आजको युगमा सबै शिक्षण संस्थाहरुमा समाबेशी शिक्षा लागु हुनुपर्ने तर्क गर्दै रिमालले पाठ्यक्रम अनुकुलन तालिमले शिक्षक र विद्यार्थीको शैक्षिक सुधारमा महत्त्वपूर्ण भूमिका प्रदान गर्नेमा बिश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा डा.बाबुराम ढुंगानाले प्रशिक्षण दिर्नुभएको हो भने कार्यक्रम संचालन तथा सहजीकरण तालिम अधिकृत उत्तम गुरुङले गर्नुभएको थियो ।
राष्ट्रिय बहिरा महासघ नेपालले भरतपुर महानगरपालिका र कालिका नगरपालिकामा समावेशी शिक्षा परियोजना मार्फत जटिल अपाङ्गता भएका बालबालिकाहरुलाइ शिक्षा सम्बन्धि कार्यहरु सन्चालन गर्दै आइरहेको छ । परियोजनाको कार्यक्षेत्र चितवनको भरतपुर महानगरपालिका र कालिका नगरपालिका रहेको छ ।





