२१ फाल्गुन २०८०, सोमबार ०८:२५
काठमाडौँ, फागुन २१
आज राष्ट्रिय सभाका नवनिर्वाचित सांसदहरुको शपथग्रहण हुँदैछ । सोमबार बिहान ११.३० बजे संसद भवनको ल्होत्से हलमा शपथ ग्रहण हुने संसद सचिवालयले जनाएको छ ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सदस्यहरूको पदावधि फागुन २० गते आइतबार सकिएको हो ।
राष्ट्रिय सभा सदस्यको पदावधि ६ वर्षको हुने र हरेक दुई वर्षमा एक तिहाइ सदस्यको निर्वाचन हुने व्यवस्था छ ।





