२२ फाल्गुन २०८०, मंगलवार ०७:५२
चितवन,फागुन २२
राष्ट्रिय मानवअधिकार आयोगले चितवनको एकता शिशु निकेतन बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत १३ वर्षीया शालिन पोखरेलको मृत्युको घटनाको निश्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलद्वारा हिजो जारी गरेको प्रेस विज्ञप्तिमा उक्त घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न नेपाल सरकारलाई आग्रह गरिएको छ । अनुसन्धान प्रभावित हुने कुनै पनि गतिविधि नगर्न आयोगले सम्बन्धित सबैलाई अनुरोध समेत गरेको छ ।
चितवनको रत्ननगर नगरपालिका–१० टाँडीस्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलमा यही फागुन १२ गते सोही विद्यालयको छात्रावासमा झुण्डिएको अवस्थामा मृत फेला परेकी भनिएकी शालिन पोखे्रलको घटनाको प्रहरी अनुसन्धानबारे आयोगले जानकारी लिइरहेको छ ।





