२८ फाल्गुन २०८०, सोमबार ०७:३९
काठमाडौँ, फागुन २८
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी बुधबार विश्वासको मत लिनुहुनेभएको छ । गत पुस १० मा प्रधानमन्त्री बन्नुभएका प्रधानमन्त्री प्रचण्डले यो कार्यकालका लागि तेस्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो ।
विश्वासको मत लिने बारे संसद सचिवालयमा प्रधानमन्त्री कार्यालयबाट आइतबार पत्र प्राप्त भएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो ।
नेकपा माओवादी केन्द्रको गत शनिबार बसेको संसदीय दलको बैठकले फागुन ३० अर्थात यहि बुधबार प्रधानमन्त्रीले विश्वासको मत लिने बारे निर्णय गरेको थियो ।
नेपाली कांग्रेससँगको गठबन्धन तोडेपछि तत्कालिन सत्तारुढ कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले नयाँ गठबन्धन सहितको सरकारका लागि विश्वासको मत लिन लाग्नुभएको हो ।





