२८ फाल्गुन २०८०, सोमबार १४:०४
काठमाडौँ, फागुन २८
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत नदिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै प्रचण्डलाई विश्वासको मत नदिन ह्वीप जारी गर्नुभएको हो ।
साथै कांग्रेसले फागुन ३० को प्रतिनिधिसभा बैठकमा आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थिति हुन पनि निर्देशन दिएको छ। प्रचण्डले सत्ता समीकरण बदलेर एमालेसँग सत्ता सहकार्य थालेपछि सरकारबाट बाहिरिएर कांग्रेसले बिहीबार सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो।





