२९ फाल्गुन २०८०, मंगलवार ०७:२१
काठमाडौँ, फागुन २९
हङकङमा जारी टी-२० सिरिज अन्तर्गत आज दुई खेल हुँदैछन् ।
आज पहिलो खेल नेपाल र पीएनजीबीच हुँदैछ । यो खेल नेपाली समय अनुसार बिहान देखि शुरु हुँदैछ ।
नेपाल र पीएनजीबीच अहिलेसम्म चार टी-२० खेल भएका छन् । जसमा नेपालले ३ र पीएनजीले एक खेलमा जित हासिल गरेको छ ।
त्यसैगरी आज दोस्रो खेल हङकङ र पीएनजीबीच हुँदैछ । यो खेल नेपाली समय अनुसार ११: ४५ बजेदेखि शुरु हुनेछ ।





