३० फाल्गुन २०८०, बुधबार ०७:४४
काठमाडौँ, फागुन ३०
प्रधानमन्त्री पुष्पकमल दाहालले आज संसदमा विश्वासको मत लिँदै हुनुहुन्छ ।
नेपाली कांँग्रेससितको गठबन्धन भत्काएर प्रधानमन्त्री दाहालले एमाले, रास्वपालगायतका दलहरुसँग नयाँ गठबन्धन बनाएपछि मन्त्रिपरिषदमा हेरफेर भएको छ । मन्त्रिपरिषदमा भएको हेरफेरसँगै कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीलाई विश्वासको मत लिनु परेको हो ।
बुधबार बिहान ११ बजे बस्ने बैठकको सम्भावित कार्यसूची अनुसार विश्वासको मत लिने प्रस्ताव पेश गर्नुअघि सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको बेहोरा पढेर सुनाएपछि सभामुख घिमिरेले विश्वासको मत लिने प्रक्रिया अघि बढाउनु हुन्छ ।





