३ चैत्र २०८०, शनिबार ०७:५८
काठमाडौँ, चैत ३
देशको पहाडी भू–भागमा आज मौसम आंशिक बदली रहने छ । अन्य भू–भागमा भने मौसम सफा रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा छ ।
आज दिउँसो र राति उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । राति देशभर आंशिक बदली रही मौसम मुख्यतया सफा रहने छ ।





