९ चैत्र २०८०, शुक्रबार ०८:००
काठमाडौँ, चैत ९
इण्डियन प्रिमियर लिग (आईपीएल) को १७औं संकरण आजदेखि शुरु हुदै छ। उद्घाटन खेलमा आज डिफेन्डिङ च्याम्पियन चेन्नई सुपरकिङ्स र रोयल च्यालेन्जर्स बैंगलोर भिड्दैछन्।
चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि शुरू हुनेछ। चेन्नई आईपीएलकै सबैभन्दा सफल टिम मध्ये एक टिम हो। अहिलेसम्म चेन्नईले ५ आईपीएल उपाधि जितेको छ । रोयल च्यालेन्जर्स बैंगलोरले भने अहिलेसम्म आईपीएलको उपाधि जित्न सकेको छैन।





