११ चैत्र २०८०, आईतवार ०९:०६
काठमाडौँ, चैत ११
नेकपा (एमाले)को सचिवालयको बैठक आज आइतबार बस्दैछ ।
बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ः३० बजे बस्ने बताइएको छ ।
बैठकमा उपनिर्वाचनको उम्मेदवारको टुंगो लगाउने लगायत समसामियक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
इलाम-२ को प्रतिनिधिसभा र बझाङ-१ को प्रदेशसभा सदस्यका लागि वैशाख १५ गते उपचुनाव हुँदैछ।





