२१ चैत्र २०८०, बुधबार ०८:००
काठमाडौं, चैत २१
नेपाल ‘ए’ र आयरल्याण्ड उल्भ्सबीच आजदेखि एकदिवसीय सिरिज शुरु हुँदैछ । सिरिजको पहिलो खेल आज टियु मैदानमा साढे ९ बजेदेखि शुरु हुँदैछ ।
यसअघि भएको टी-२० सिरिज आयरल्याण्ड उल्भ्सले २-१ ले जितेको थियो । आयरल्याण्ड उल्भ्सले शुरुका दुई खेल जितेको थियो भने अन्तिम खेल नेपाल ‘ए’ले जितेको थियो ।
अब एकदिवसीय सिरिजको पहिलो खेल आज, दोस्रो खेल शुक्रबार र तेस्रो खेल आइतबार हुनेछ ।





