२३ चैत्र २०८०, शुक्रबार ०७:०२
काठमाडौं, चैत २३
नेपाल ए र आयरल्याण्ड उल्भ्सबीचको दोस्रो खेल आज हुँदैछ । टियु मैदानमा हुने यो खेल बिहान ९:३० बजेदेखि शुरु हुने छ ।
नेपाल ‘ए’विरुद्धको एकदिवसीय सिरिजमा विजयी शुरुवात गरेको छ । तीन खेलको सिरिजको पहिलो खेलमा आयरल्याण्ड उल्भ्स २१ रनले विजयी भएको हो ।
यो जितपछि आयरल्याण्ड उल्भ्स सिरिजमा १-० ले अगाडि रहेको छ । त्यस्तै अब सिरिजको अन्तिम खेल आइतबार हुने तालिका रहेको छ ।





