२६ चैत्र २०८०, सोमबार ०७:२०
काठमाडौं, चैत २६
देशका पहाडी भूभागमा अहिले आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।
दिउँसो कोशी र मधेश प्रदेश तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ। पहाडी भेगका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। यस्तै उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
महाशाखाका अनुसार राति कोशी र मधेश प्रदेशलगायत देशको पहाडी भेगमा आंशिक बदली रहनेछ। बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ।





