२७ चैत्र २०८०, मंगलवार ०७:४२
काठमाडौं, चैत २७
आगामी जेठमा अमेरिका र वेस्टइन्डिजमा आयोजना हुने आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रयोग गर्ने नयाँ जर्सी सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)द्वारा यहाँ आयोजित पत्रकार सम्मेलनमा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राखेप सदस्य सचिव टङ्कलाल घिसिङले संयुक्तरुपमा नेपालको नयाँ जर्सी सार्वजनिक गर्नुभयो ।
नेपालको नयाँ जर्सीमा रातो, हल्का सेतो र नीलोे रङ्ग मिश्रित गरिएको छ भने दुवै काँधमा नेपालको झण्डा अङ्कित रहेको छ । त्यस्तै जर्सीको तल्लो भागमा सगरमाथा अङ्कित छ भने छातीको एक भागमा प्रयोजकको लोगो र अर्को भागमा क्यानको लोगो रहेको छ ।





