२९ चैत्र २०८०, बिहीबार ०७:०२
काठमाडौं, चैत २९
पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा बिहीबार देशका केही भागमा वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भागमा वर्षा हुने सम्भावना रहेको हो। बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागमा आंशिक बदली छ । बाँकी भागमा मौसम मुख्यतया सफा छ।
दिउँसो पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ। बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागका थोरै स्थान तथा बाँकी पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
राति कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ।





