चितवन, २७ कार्तिक
चितवन निर्वाचन क्षेत्र नम्बर २ तर्फ गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले गठबन्धनलाई जिताएमा चितवनको समृद्ध भविष्यको लागि ढोका खोल्न सक्ने बताउनु भएको छ ।
हिजो भरतपुरमा गठबन्धनका पाँच दलहरुले गरेको संयुक्त सभामा चितवनमा लगानीमैत्री वातावरण बनाएर समृद्ध बनाउनुपर्ने बताउनु भएको हो ।
उहाँले भन्नुभयो, ‘लगानीमैत्री बतावरण बनाएर उद्योग व्यवसाय खोलेर धेरै धेरै भन्दा धेरै रोजगारी सिर्जना गर्न सक्छौं । हाइड्रो, कृषि, पर्यटन क्षेत्रमा लगानी बढाउन सक्छौं ।’
सभामा उहाँले गठबन्धनले स्थायी सरकार बनाएर रोजगारी ढोका खोल्न सकियो भने देश धनी हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘ गठबन्धनका सबै उम्मेदवारलाई जिताएर पाँच वर्षको स्थायी सरकार बनाउनुपर्छ ।’ उहाँले समृद्धिको लागि सबैभन्दा पहिले देश धनी बन्नुपर्ने बताउनुभयो ।





