१ बैशाख २०८१, शनिबार ०७:१४
काठमाडौँ, वैशाख १
माइतीघर क्षेत्र लक्षित निषेधाज्ञा हटाइएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले गत फागुन ४ गते दुई महिनाका लागि लागू गरेको माइतीघरदेखि बानेश्वर क्षेत्रसम्मको निषेधाज्ञा हटाएको जानकारी दिएको हो ।
प्रशासनले हाललाई सुरक्षा चुनौती विश्लेषणको आधारमा निषेधाज्ञा हटाएको बताएको छ । गृह मन्त्रालयको निर्देशनमा काठमाडौं जिल्ला प्रशासनले निषेधित क्षेत्र हटाएको हो ।





