८ बैशाख २०८१, शनिबार ०७:२८
काठमाडौँ, वैशाख ८
एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको खेल आज हुँदैछ । तेस्रो स्थानको लागि सेमिफाइनलमा पराजित भएका लागि नेपाल र हङकङ आज खेल्ने भएका छन् ।
ओमानस्थित ओमान क्रिकेट एकेडेमीमा यो खेल नेपाली समय अनुसार दिउँसो ४:१५ बजेदेखि शुरु हुने छ ।
शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा हङकङ ओमानसँग पराजित भएपछि तेस्रो स्थानको लागि नेपालसँग खेल्ने भएको हो । यस अघि शुक्रबार नै सम्पन्न पहिलो सेमिफाइनलमा नेपाल युएईसँग ६ विकेटले पराजित भएको थियो ।





