८ बैशाख २०८१, शनिबार ०८:३८
काठमाडौँ, वैशाख ८
नेकपा (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि सुरु हुँदैछ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा आजदेखि सुरु हुने बैठक वैशाख १० गतेसम्म चल्नेछ ।
बैठकमा २ हजार ४ सय ५४ जना सहभागी हुने छन् ।एमाले महासचिव शङ्कर पोखरेलका अनुसार बैठकमा पार्टी अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ ।
बैठकमा मिसन ग्रासरुट सङ्गठन सुदृढीकरण अभियान र समृद्धिका लागि सङ्कल्प यात्राका रुपमा गरिएको झुलाघाट – चिवाभञ्ज्याङ यात्राको समीक्षा गर्दै पार्टीलाई आगामी दिनमा कसरी अगाडि बढाउने भन्ने विषयको निर्क्योल गरिने महासचिव पोखरेलले बताउनुभयो ।





