१० बैशाख २०८१, सोमबार ०८:११
काठमाडौँ, वैशाख १०
युएई २०२५ को टी-२० एशिया कपमा छनौट भएको छ । एसीसी प्रिमियर कपको फाइनलमा आयोजक ओमानलाई ५५ रनले पराजित गर्दै युएई एशिया कपका लागि छनौट भएको हो ।
युएईले दिएको २०५ रनको लक्ष्य पछाएको ओमान २० ओभरमा ९ विकेट गुमाउँदै १४८ रन मात्र बनाएको थियो । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको युएईले कप्तान मुहमद वासीमको शतकको मद्दतले २० ओभरमा ४ विकेट गुमाउँदै २०४ रन बनाएको थियो ।





