१२ बैशाख २०८१, बुधबार २३:४८
काठमाडौँ, वैशाख १२
इलाम–२ र बझाङ–१ (क) मा हुने उपनिर्वाचनका लागि आज मध्यरातिदेखि मौन अवधि शुरु हुँदैछ। मतदान हुने ४८ घण्टा अगाडिदेखि सुरु हुने मौन अवधिमा उम्मेदवार र उनीहरुको पक्षमा प्रचारप्रचार र अरु क्रियाकलाप गर्न पाइँदैन।
निर्वाचन आयोगले जारी गरेको आचारसंहिता अनुसार दलहरुलाई छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी लगायत कुनै पनि क्रियाकलाप गर्न रोक लाग्नेछ।
वैशाख १५ गते बिहान ७ बजेदेखि बेलकुी ५ बजेसम्म मतदानको समय तय भएको छ।





