२८ कार्तिक २०७९, सोमबार १५:३०
कठमाडौं, २८ कात्तिक
नेपाली राष्ट्रिय क्रिकेट टिमले आफ्नो घरेलु मैदानमा सोमबार यूएईविरुद्ध एकदिवसीय खेल खेल्दै छ। तीन खेलको श्रृंखलाअन्तर्गत नेपाल र यूएईबीच सोमबार पहिलो खेल हुन लागेको हो ।
नेपाली टोलीका प्रशिक्षक मनोज प्रभाकरले यूएईसँगको श्रृंखलालाई क्रिकेट विश्वकप लिग २ अन्तर्गत नामिबियाविरुद्ध खेलको तयारीका लागि महत्त्वपूर्ण हुने बताउनु भयो । युएईका प्रशिक्षक रोबिन सिंहले विश्वकपमा सुपर १२ मा पुग्न नसके पनि आफ्नो टिमले राम्रो प्रदर्शन गरेको र नेपालसँग श्रृंखलाका लागि यूएई आत्मविश्वासी रहेको बताउनु भएको छ ।
नेपाल र यूएईबीचको दोस्रो खेल बुधबार र तेस्रो खेल शुक्रबार हुनेछ।





