१६ बैशाख २०८१, आईतवार ११:४१
काठमाडौँ, वैशाख १६
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको दोस्रो खेल आज हुँदै छ । टियु मैदानमा हुने यो खेल अपरान्हका १२: १५ बजेदेखि शुरु हुने छ ।
यसअघि शनिबार सम्पन्न खेलमा नेपालले शानदार ४ विकेटले जित हासिल गर्दै सिरिजमा १-० को अग्रता हासिल गरेको छ ।
वेस्ट इन्डिज ए विरुद्ध नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा २० सदस्यीय टिम छानेको छ ।





