२१ बैशाख २०८१, शुक्रबार ११:४८
काठमाडौँ, वैशाख २१
नेपाली बजारमा सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा ११ सयले घटेर १ लाख ३५ हजार ४०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि बिहीबार छापावाल सुन तोलाको एक लाख ३६ हजार ५०० मा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३५ हजार ८५० मा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मुल्य विहिबारकै प्रतितोला १६ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।





