२२ बैशाख २०८१, शनिबार ०९:५३
काठमाडौँ, वैशाख २२
नेपाल र वेस्ट इन्डिज ‘ए’बीचको पाँचौं तथा अन्तिम खेल आज हुँदैछ । टियु मैदानमा हुने यो खेल दिउँसो १२:१५ बजेदेखि हुँदैछ ।
जारी सिरिज वेस्ट इन्डिज ‘ए’ले एक खेल अघि नै जितेको छ । वेस्ट इन्डिज ‘ए’ले सिरिज ३-१ ले जितिसकेको छ ।
यस सिरिजमा पहिलो खेल नेपालले जितेको थियो भने त्यसपछिका तीन खेल लगातार वेस्ट इन्डिज ‘ए’ले जितेको थियो ।





